ads

उ अझैँ आएन

कौवा नबास्दै आउनु पर्ने उ,
झ्याँउकिरी थाकी सक्दासम्म पनि,
अत्तो न पत्तो भो उसको,
खै ? कतै कछुवाको दौडसंगै
प्रतिस्प्रधी बनिरहेको छ की,
चन्द्रमाको शमीसंगै
बिस्तारै सरिरहेको छ ।

डाँक्टर बोलाउन हिडेको मान्छे,
घरमा बिरामी छटपटाएर,
पराँन जाँन लाग्दासम्म पनि,
केही खबर आएको छैन उसको,
खै कतै बिरामी भन्दा पहिलेनै,
यमलोग पुगिसकेको छ ,
कि, डाँक्टरसंग भट्टिमा
जाँड चाखिरहेको छ ।

फोनमा सबै भनेकै हो
डाँक्टरलाई
लिन मान्छे पठाउँदन पनि
न लिनेको पाइला
आघि बढेको छ,
नत डाँक्टरको नै,
बरु यमराजले नै जिम्मा लिएर गयो,
नाजुक बिरामीलाई ।
गूगलप्लसमा शेयर गर्नुहाेस

सञ्चालक मिमराज

मिमराज पाण्डेय विदेश नीति अनलाइनका संस्थापक हुन् । उनी भूकम्प पछिको नेपालको पुनर्निर्माणमा केन्द्रित साप्ताहिक टेलिभिजन कार्यक्रम बलियो घरको रिपोर्टर/रिसर्चर पनि हुन् । अल थ्री मिडिया घर प्रालिमा करिब ४ वर्ष अघिदेखी रिर्पोटरको रूपमा काम गर्दै आएका मिमराज पर्यटन, विदेश मामिला, विकास र साहित्यिक पत्रकारितामा विशेष रुचि राख्दछन् । अङ्ग्रेजी साहित्य र राजनीतिशास्त्रको विद्यार्थी भएकाले लेख्न अलि रुचाउछन्, उनी । ...

0 टिप्पणी:

Post a Comment