ads

प्रयोजन

जब हरेक बिहानीको सूर्योदयसंगै सौर्य रश्मिहरु पारिला बन्दै जान्छन् । तब प्यासीहरु तृष्णा मेटाउन अनेकौँ उपायहरू बटुल्न तर्फ डोरीन्छन् । कहिले भारी वर्षात बोकेर बादल बेसी तिर हान्नीन्छ । कहिले त्यही बादललाई हिमाली चुच्चाहरुमा तितरवितर पारीदिन्छ हुरीले । यसरी नै विचारका वेगहरु हरपल मस्तिष्कमा रन्थनीन थाल्दछन् । जसलाई विम्वित गर्न कलम र कागचको साथ चाहिन्छ । यही प्रयोजन हो– ईन्भिजन डायरी ।

भनिन्छ– विचार बिजुली भन्दा पनि अधिक वेगवान् छ ।* तसर्थ सबै विचारहरूलाई मुखाघोष अर्थात् प्रतिविम्वित गर्नु कठिन छ । हरेक विचरको आ–आफ्नै सन्देश र परिवर्तनको समर्थ्य हुन्छ। 

जसरी मनका भावना र मस्तिष्कका विचारहरू अरूलाई सोझै भन्न नसक्दा दुनियाँले डायरीको प्रयोजन गर्दछ, ईन्भिजन डायरी पनि त्यसैको दुरुस्त रूप हो । लेखिएको कुरा कसैले पढिदिनु नै लेखकका लागि सौभाग्य हुन जान्छ, अर्थात् पाठक मात्रै त्यस्ता पूरक हुन जसले सधैँ लेखकका अक्षरहरुमा रङ्ग भर्ने गर्दछन् ।* तसर्थ, यी अक्षरहरु तपाईँ पाठकसंगै सहयात्रा गर्न चाहान्छन् ।



सन्दर्भ

*खप्तड स्वामी,  विचार विज्ञान "बिजुली एक सेकेन्डमा सात पटक पृथ्वीको परिक्रमा गर्न सक्छ तर विचारहरुको गति त्यो भन्दा पनि तिव्र छ । किनकी विचारहरुका परमाणु बिजुली भन्दा अति सूक्ष्म र बलवान हुन्छन् ।"
*Reader Response Theory– The 'I" of the reader will always color the text.

0 टिप्पणी:

Post a Comment