ads

गजल

सत्य हो कि मोहनि


सत्य हो कि खै मोहनि त्यो वोकालत मलाई थाहा छ ।
ललाइ फकाई जालमा पार्ने तिम्रो आदत मलाई थाहा छ । 

अंगाल्छ्यौ कि लत्याउेछ्यौ परीक्षणको यो घडीमा, 
कस्तो गछ्रयौ यो मुटुलाई त्यो हिफाजत मलाई थाहा छ । 

के आशा गरु म नी तिम्रो पल्लो घरे वकील संग, 
नातावाद कै मर्जी चल्ने त्यो अदालत मलाई थाहा छ । 

मलाई छोड उसको उद्यान रमाई रमाई गोड तिमी, 
ओरालीको मृग जस्तै मेरो हालत मलाई थाहा छ ।




गजल भित्र बहर हुन्छ भन्ने हरुले । 
र त लेख्ने रहर हुन्छ भन्ने हरुले । 
  
पिरतीको छायाबिना बाँचिन्नपो भन्न थाले, 
माया भित्रै जहर हुन्छ भन्ने हरुले । 

भुलेछनकि आज नारा मौलीकता र सभ्यताको, 
उद्गम विन्दु शहर हुन्छ भन्ने हरुले । 

0 टिप्पणी:

Post a Comment