ads

कसरी फर्कु म मेरो गाँउ

परालको छाप्रो भित्रको जीवन मेरा,
हिजो प्यारा लाग्ने डाँडाकाडा,
अनि त्यो छहरा भित्रकोे इन्द्रेणी,
म अहिले पनि सम्झिन्छु त्यो खोला,
जहाँ बालापनमा लुकामारी खेल्ने गर्थे ।

प्रकृतिले हुर्काएका मेरा सपना,
आज सहरमा गुमाउदैछु ।
सिरुदाईको गाडी चड्ने रहर,
अझ अधुरै छ ।
बाबाले खोजेको असल पाठशाला,
अझै गाउँमा पुर्याउन सकिन ।
आमाले खोजेकी सुशील बुहारी,
अझै भेटाएको छैन ।

हजुरआमाको सुकेको गालामा,
अझै आँसुको सित छ ।
रामे काकाको एक्लो छोरा
अरबमा कैदी भएको छ ।
समाजमा साहरा नपएको,
एउटा टुहुराको ओठमा
हाँसो ल्याउँने चाहाना पनि अपूरै छ ।

अहिले अलमलीएको छु,
डराएको छु म,
पछि नै पर्नको लागि हो त ?
मेरो माटो ?
मरो भूमि ?
म ?
अनि मरा गाउँले ?

यहाँ डाँडा बाट निस्किने सूर्य
त्यहा खोलाबाट निस्केको छैन ।
यहाँमात्रै पश्चिमााबाट घाम बिलाउदैन,
फरक यति मात्र पाउछु,
यो दीपावलीको बस्ती,
र खुशियलीको बस्ती ।
यहाँ सूर्योदय अगावै,
डाँडामाथि जहाज झुल्कीन्छन् ।
जसरी पहाडी पाखाबाट पहीरो निस्किन्छ ।

जब दिनमा...
कुमाले दाइको घाम नलागेको गुनासो,
प्रतिमाको खडेरी परेको दुखोसो,
धनेले हुरीबाट छानो उडाएका खबर
सबै एक साथ आउछन् ।
अनि सपनामा...
परदेशी वीरमान को यादमा,
रुपा डढेको छाती देखाउछे ।
सूर्य उदाउनु पर्ने ठाँउमा,
कालो बादलका धब्बाहरु
स्थाई रहन्छन् ।
मस्त निद्रामा रहेको बस्ती
पुरै पहिरोमा डुब्छ ।
एउटा कुशल सन्तान जन्माउने
रहर पुरा नहुदै,
गर्भवती बाढिमा बग्छे,
साता नबित्दै,
श्रीमानको लास आउँछ विदेशबाट ।

कहिले परिवारको निम्तोले घरतर्फ डोर्याउछ ।
कहिले समाजको कष्टले परतर्फ भगाउछ ।
प्रवासी पतिको पिडामा
सोकाकुल पत्नी सँगै
सुवागरात पनि मनाउन नपाएका
बिधवा सङ्गिनी सँगै
ओठ टोक्दै रुनेगरी
कसरी फर्कु म मेरो गाँउ ?
गूगलप्लसमा शेयर गर्नुहाेस

सञ्चालक मिमराज

Hello, I am a youth from far-western part of Nepal & a student of Literature, Media & Diplomacy.

0 टिप्पणी:

Post a Comment