ads

हाइकिङका लागि लोकप्रिय गन्तव्य– शिवपूरी


काठमाडौं । उपत्यकाभित्रको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बुढानीलकण्ठको सिमानामा पर्ने शिवपूरी राष्ट्रिय निकुञ्ज हाइकिङको लागि अतिनै उपयुक्त क्षेत्र हो । चिसो हावा, सुन्दर तथा हरियाली जंगल र स्वच्छ वातावरण यस क्षेत्रका विशेषता हुन् ।

यिनै विषेशतामा रमाउन तथा बैशाख १२ को भूकम्प पछि पातलिदै गएको पर्यटनको प्रबद्र्धन गर्ने उदेश्यले ३६ औँ विश्व पर्यटन दिवसको अवसरमा सोसाइटी अफ् टुर एन्ड ट्राभल अपरेटर्स (सोट्टो–नेपाल)ले हाइकिङ् कार्यक्रमको आयोजना गर्‍यो । रमाइलोका साथसाथै पर्यटन प्रबद्र्धनका लागि शिवपूरी हाइकिङ रुटमा आकर्षक के–के छन्, शिवपूरी हाइकिङ अवधिभर के–कस्ता चुनौतिहरुको सामना गर्नुपर्छ र ती पक्षमा सुधार गरि यस क्षेत्रलाई सरल तथा रमणीय हाइकिङ क्षेत्र बनाउन आवश्यक पर्ने कुराको पहिचान गर्ने उद्देश्यले हाइकिङ कार्यक्रमको आयोजना गरिएको सोट्टो–नेपालका अध्यक्ष यमबहादुर खड्काले बताए ।
हाइकिङकै शीलशीलामा सोट्टो नेपालका कोषाध्यक्ष भुवनबहादुर पाण्डेले भने- ‘शिवपूरी डाँडा काठमाडौं उपत्यकाको मुख्य जलाधार हो । काठमाडौमा बग्ने बाग्मती, बिष्णुमती लगाएत प्रसस्त नदीहरूको श्रोत शिवपूरी डाँडा नै हो । उपत्यकाबाट नजिकै रहेको यो स्थान अझै व्यवस्थित गर्नसके आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि एक आकर्षक हाइकिङ गन्तव्य बन्न सक्छ ।’ त्यस्तै, टुर्गानका कोषाध्यक्ष महेश भण्डारीले यस शिवपूरी जलाधार क्षेत्र भित्र रहेको बागद्धार भन्ने स्थानबाट बागमतीको उद्गम स्थल भएको बताए । उनले हरेक वर्षमा एक पटक यस क्षेत्रमा धार्मिक पाठपूजाका लागि विभिन्न स्थानबाट भक्तजनहरु आउने गरेको बताए । ऐतिहासिक महत्व बोकेको यो स्थलप्रति सबै धमालम्बीहरुको विश्वास उत्तीकै रहेको कोषाध्यष भण्डारीले बताए ।
हाइकीङ कार्यक्रमको अन्त्यमा सोट्टो नेपालका महासचिव मधुसुदन उपाध्यायले यस रुट अझै व्यवस्थित बन्न नसक्दा पर्यटकहरु जंगलमा अलमल पर्नसक्ने बताए । उनले यसका लागि आगामी दिनमा यस क्षेत्रको प्रबद्र्धन गर्न सरकारसँग माग गर्ने पनि बताए । प्रथम उपाध्यक्ष अनिल लामा, द्वितीय उपाध्यक्ष भोला खड्का, महासचिव, मधुसूदन उपाध्याय लगाएतले यो क्षेत्र हाइकिङका लागि अति उपयुक्त रहेको बताए । सोट्टो–नेपालले भूकम्प पछि नेपालको पर्यटन प्रबद्र्धनका क्षेत्रमा देश विदेशमा विभिन्न कायक्रमहरु गर्दै आएको छ ।
गूगलप्लसमा शेयर गर्नुहाेस

सञ्चालक मिमराज

Hello, I am a youth from far-western part of Nepal & a student of Literature, Media & Diplomacy.

0 टिप्पणी:

Post a Comment