ads

झिलिमिली ठमेलमा मेरो आभाष


नेपाल कै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा परिचित ठमेल र दिपावलीको समयमा ठमेलमा देखिने रौनकता हेर्न म धेरै अघिदेखि आतुर थिए । समय र परिस्थितिले लामो समयसम्म मलाई साथ दिएन र त्यो अवसरबाट म सधैं बन्चित बनिरहें । तर, संयोग यस वर्ष जुर्‍यो । जब सााझ पर्दै थियो, काठमाडौंलाई विस्तारै अन्धकारले घेर्दै थियो, म भने ठमेल तिरको उज्यालो खोज्दै त्यतातिर प्रवेश गरें ।
                                                                                                                                                                           www.paryatannews.com
मात्र केही दिन अघि दिपावलीको प्रतीक्षा गरिरहेको ठमेलमा अहिले धमाधम तयारीका धर्साहरु कोरिन थालेका रहेछन् । यही दिपावलीको सुसारे हावाले फुर्किएको म ठमेलको वैशाली होटल अगाडि खुब उमङ्गका साथ नजर तेस्र्याउादै उभिएको छु । ठमेलमा देखिएको यो झिलिमिलीले मलाई केही दिन अगाडि नेपाल विद्युत प्राधिकरणले तिहारको समयमा उत्सव बत्ती नबाल्न गरेको अनुरोधलाई सम्झना गरायो । सम्झें ठमले, सम्झे म बस्ने त्यो कोटेश्वरको परपट्टिको जडिबुटी क्षेत्र र एकैछिन टोलाएापनि ।
प्रमुख प्रयटकीय स्थलले आफ्नो शिरदेखि पैतलासम्मै रङ्गीन बत्तीका माला पहिरेर घुङ्राको तालमा नाच्न आतुर देखिन्छ । छुट्टाछुट्टै पहिरनमा कुदिएका विदेशी पाहुनाहरु कोही अरबका उटजस्तै उभिएका छन्, कोही हालतका हरिणजस्तै भौतारी रहेछन्, कोही टाउको समाति टोलाई रहेछन् त कोही दैलादैलाबाट बोलाई रहेछन्– तीनै विदेशीहरुलाई । यस्तै, कोही तलाउझै गल्लीमा पौडिरहेछन् भने कोही तीनैका पछाडि कौडि माग्दै दौडिरहेछन् । बडो बिचित्रको ठमेल मेरो आाखामा केहिबेरसम्म नाँचिरहयो ।

म ठमेल आएको यो दास्रो पटक । ठमेल छिरियो तर कुनै निशाना छैन । बिराना ठाँउ–ठेगान अनि ती अपरिचित दोबाटो, चौबाटो र गल्लीहरु तिर पाइला लतार्दै छु । म काठमाडौ गेस्ट हाउसको आागनीमा पुगेछु । एकै छिन कसैले मेरा अगाडि आँखा झिम्काएको चिन्न नपाउादै गेष्ट हाउसको जनेरेटर बेजोडसंग गर्जियो । केका साइड मार्नु बत्ती गएर आफ्नै आाखा पो झिम्क्याएको रहेछु । एकै छिन पछि जेनेरेटर, इन्भर्टर, सोलार आदि बाल्दै ठमेल पहिलेकै अवस्थामा फर्कियो । धेरै संख्याका पैदल यात्री इबोला भाइरसले गलित पारेका रागीको जिउ जस्तो सडक माथि अझ धेरै सवारी साधानको चापले म केही समय त आत्तालिएा । त्यहााबाट सजिलै फुत्कन नपाउादा निसास्सीए ।

ए दाइ जाने हो ? काँध माथि कसैले थमथमायो । नौलो परिवेश लाटोकोशेरोको जस्तो मुन्टो बटार्दै काँ भनेर सोधें ? ती अपरिचित व्यक्तिको अनुहार देख्ने बित्तिकै दुई बर्ष अगाडिको त्यो दिनलाई सम्झिए । जुन दिन नाताले शाली पर्ने मेरी आत्मकले भनेकी थिइन– ‘आफ्नो हरपल ख्याल गर्नु, बिर्सेरपनि ठमेलतिर नजानु ।’ जब म काठमाडौं आउन लाग्दा सर्तक बनाउदै उनले यसो भनेकी थिइन् । उनको सर्तकताको सुझाबले कान रनरन पोल्यो । केही नबोलि काँध माथिको हात सर्लक्क पन्छाए, अनि तुरुन्तै काठमाडौं गेष्ट हाउसको आगनीबाट हटें । 

केही परको होटल भवन अगाडी पुग्दा त सात बज्यो । दैला अगाडि अनवरत मङ्गल दीपहरु बलिरेहेका थिए । अग्ला अतिथिहरुको घेराभित्रबाट सारङ्गीको धुन बाहिरिदै थियो । नेपाली पोशाकमा सजिएका चार जना गाइने दाइहरु घाँटिमा झुण्डीएको सारङ्गीबाट निस्किएको धुनको बिस्कुनमा आतितका अक्षरहरु ओछ्याउादै थिए । ठमेल झनै धपक्क बल्दै थियो । ठमेलसाग केही परिचित बनेर म भने विदा भ ।
मिमराज पाण्डेय , कार्तिक ५, २०७१

गूगलप्लसमा शेयर गर्नुहाेस

सञ्चालक मिमराज

Hello, I am a youth from far-western part of Nepal & a student of Literature, Media & Diplomacy.

0 टिप्पणी:

Post a Comment