ads

अविस्मरणिय यात्रा :- तनहुशुर

होमस्टेमा बस्ने रहर मलाई धेरै अघिको हो । संयोग जुरेको थिएन । यस्तै संयोगको पर्खाइमा सोसाइटी अफ् ट्राभल एण्ड टूर्स अपरेटर्स (साट्टो–नेपाल)ले तनहुा जिल्लाको तनहुासुर होमस्टेको प्रवद्र्धनका लागि एक कार्यक्रमको आयोजना गरेको रहेछ । मलाई पनि सो कार्यक्रममा सहभागिता जनाउने साइत जुर्‍यो । अधिकांश ट्राभल व्यवसायी, सोट्टो नेपालका पदाधिकारी, पर्यटन व्यवसायी, पर्यटनविद् तथा सञ्चारकर्मीहरूको टोलीमा म पनि तनहुासुरतिर लागे ।

            http://paryatannews.com/images/uploaded/sooo1_1421213813.jpg


 तनहुासुर नपुगुन्जेल मनमा खुब उत्सुक्ता जागिरह्यो । हामस्टेमा पुग्दा सााझ पर्न लागेको थियो । सााझको समयमा पनि तनहुासुरवासी हामीलाई स्वागत गर्न फुल, माला र अविर लिएर बसेका रहेछन् । धुमधामका साथ हाम्रो टोलीको स्वागत भयो । सहयात्रीहरू खुब रोमान्टिक मुडमा थिए– रमाइलो गरे । करीब तीन घण्टाको उकालो बाटो हिडेको भुसुक्कै विर्सिए सहयात्रीहरूले । होमस्टेमा पुगेपछि सााझको खानपिन भयो । त्यसपछि स्थानीय रहनसहन अनुरूप साास्कृतिक कार्यक्रम सञ्चालन गरियो । कार्यक्रममा स्थानीय कलाकारले कौरा, मारुनी, झ्याउरे नाच देखाएका थिए । थकान सबै विर्सिर सो दिन मध्येरातसम्म रमाइलो गरियो र होमस्टेमा बास बस्यौं ।

             http://paryatannews.com/images/uploaded/soo_5_1421214075.jpg

भोलीपल्ट विहान उठियो । दैनिक गर्ने नृत्यकर्म अलि फरक किसिमले गरियो । एउटा सानो, सुन्दर र ऐतिहासिक गाउा रहेछ तनहुासुर । अघिल्लो दिन प्यास मेट्ने गरेर अवलोकन गर्न पाइएको थिएन । १५ घरमा सञ्चालित होमस्टे सच्चैको सुन्दर रहेछ । टिपिकल घरहरूमा होमस्टे सञ्चालन गरिएकोले हामीलाई मोहित बनायो । खुबै रमाइलो गर्न पर्ने बरिष्ठ पर्यटन व्यवसायी बोधराज भण्डारी अघिल्लो दिनको नाचगान र विहानीपखका दृश्य देखेर लोभ्भिए ।
 
होमस्टे नजिक कालिका मन्दिर, तीन थुम्की, सातगढी, भारकाटे ढुङ्गालगायतका क्षेत्र रहेछन् । जहाा हाइकिङ गर्न सकिने रहेछ, हामीले पनि गर्‍यौं । यो हाइकिङसागै प्राकृतिक सुन्दरताले यो तनहुुासुरमा पर्यटक आकर्षण गर्न थप सहयोग पुर्‍याएको होमस्टेकी सञ्चालीका तथा हाम्रो पथप्रदर्शक बनेकी बिन्दु थापाले बताइन् । हाइकिङ गर्दै जाादा गणेश हिमाल, लमजुङ हिमाल, माछापुच्छ्रे लगायतका हिमालको अवलोकन गर्न पाइयो । मनोरम हरियाली डााडाहरू त सधैंभरि आाखा अगाडि नाचिनै रह्यो । जस्ले मनै आनन्दित बनायो ।

http://paryatannews.com/images/uploaded/soo_4_1421214129.jpg

मगरबस्तीको वाहुल्यता रहेको तनहुासुर आतिथ्य सत्कारको पर्खाइमा रहेको छ । स्थानीयको न्यानो सत्कारले पर्यटकलाई आनन्दित तुल्याउानुका साथै होमस्टेको प्रवद्र्धन गर्ने र स्थानीय स्तरमा आर्थिक उपार्जनको माध्यम खोज्नमा गाउाले उत्साहित भएर लागेका छन् । होमस्टेमा खुवाइने खानाहरू सबै स्थानीय उत्पादन हुन् । कोदोको रोटी, मकै भटमास, गुन्ऽुक, दुध, दूधबाट बनेका परिकार र लोकल रक्सीको मज्जा नै बेग्लै । सोट्टो नेपालका महासचिव मधुसुदन प्याकुरेल भन्दै हुनुहुन्थ्यो– यसैको प्रबद्र्धन गर्न हामीले यस कार्यक्रको आयोजना गरेका हौं ।

                

भ्रमणकै अवसरमा एक मन्तव्यको कार्यक्रम राखिएको थियो । अध्यक्ष यमबहादुर खड्काले सोट्टो नेपाल मार्फत वार्षिक रूपमा विभिन्न कार्यक्रम गरेर गाउा पर्यटन प्रबद्र्धन गर्दै आएको बताउनु भयो । सोही सिलसिलामा नयाा कार्यसमिति आएपछि पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरिएको उहााको भनाइ छ । पर्यटकहरु आउन थालेपछि गाउा सफा राख्न थालिएको छ । अब हामी पर्यटकीय पूर्वाधार निर्माणमा लागि परेका छौं । तनहुासुर पर्यटन विकास समाजका उपाध्यक्ष शेखर थापा भन्नुहुन्छ– त्यसको लागि समाजले विभिन्न संघसंस्थासाग पहल पनि गरिरहेको छ ।

भर्खरै विकास हुादै गएको र आफ्नो पहिचान बनाएर अगाडि बढ्न चाहेको तनहुासुर होमस्टे साच्चै रमाइलो, स्थानीय कला संस्कृतिले सजिएको र पाहुनाको स्वागत सत्कारका लागि पर्खिरहेको गाउा रहेछ ।

कसरी जाने ?

तनहुाको यो होमस्टे जानका लागि राजधानीबाट करिब ५ घण्टाको बस यात्रा तय गरेर घाासीकुवा पुग्नु पर्छ । घाासिकुवाबाट अर्को बस वा माइक्रो परिवर्तन गर्नुपर्छ । आफ्नै सवारी साधन हुनेका लागि भने काठमाडौंबाट तनहुासुर सीधै जान सकिन्छ । हिउादमा भने घाासीकुवाबाट तनहुासुर होमस्टे नजिकको धारापानीसम्मै गाडी जान्छ । यो स्थानमा पुग्न घाासिकुवाबाट हाइकिङको मज्जा लिादै पनि जान सकिन्छ । घाासिकुवाबाट १ घण्टा उकालो हिाडेपछि चिसापानी पुगिन्छ । चिसापानीबाट फेरी १ घण्टा हिडेपछि धारापानी पुगिन्छ । धारापानीबाट अर्को १ घण्टा हिाडेपछि तनहुासुर पुग्न सकिन्छ ।
गूगलप्लसमा शेयर गर्नुहाेस

सञ्चालक मिमराज

Hello, I am a youth from far-western part of Nepal & a student of Literature, Media & Diplomacy.

0 टिप्पणी:

Post a Comment