ads

सञ्चालक

ईभिन्जन डायरीका सञ्चालक पेशेवर लेखक या पत्रकार केही होइनन् । तर, पर्यटन र विपद् जोखिम न्युनिकरणका विषयमा समाचार संकलकको रूपमा आमसञ्चार क्षेत्रमा भने उनी आवद्ध छन् । अङ्ग्रेजी साहित्य र राजनीतिशास्त्रका विद्यार्थी उनी लेख्न अलि रुचाउछन् ।

“अरूलाई सिकाउने चाहानामा अरूबाटै सिक्छु, पहिले चिन्ता आफ्नै गर्छु, अनि आफन्तको ।” यहाँ ‘आफ्नो’ शब्दले हरेक मानिसको आफूको प्रतिनिधित्व गर्न खोजिरहेको छ र ‘आफन्त’ शब्दले तिनैको आत्मीयतासंग जोडिएका हरेक भन्ने अर्थ ओगट्न खोज्दैछ । यही विश्वासमा छन् ब्लग सञ्चालक ।

उनले न धेरै ठाँउ देखेका छन् न धरै अनुभाव या भोगाईनै छ उनीसँग । तर यहाँ जे जति लेख्छन् त्यसको प्रमुख आधार ज्ञानभन्दा बढी कल्पनाबाट टुसाएको छ । कुनै कुरा लेख्नु मात्र ब्लग सञ्चालकका लागि महत्वको विषय बन्दैन । बरु लेखिएको कुराले कतिलाई छुनसक्छ उनको लागि यही गहन सवाल हो । 

0 टिप्पणी:

Post a Comment