ads

त्रिशुली र्‍याफ्टिङ गर्दै सम्झेको कणार्ली

म कस्तो अभागी ! कर्णालीको छेऊ मै जन्मेर १८ वर्ष त्यही विताए । तर अहँ, मैले खोलानाला तथा नदीहरुको अर्थ बुझिन । पहाडको महत्व बुझ्न सकिन । अहिले काठमाडौंमा छु । पर्यटन पत्रकारिताको सुरुवात गर्दैछु । कर्णाली जस्तै त्रिशूली नदीमा म पहिलो पटक रिपोर्टिङको सिलसिलामा जाँदैछु  ।


नेपाल एशोसिएसन अफ् र्‍याफ्टिङ एजेन्सिज (NARA) ले १३ औं हिमालयन ह्वाईट वाटर च्यालेन्ज २०१४ प्रतियोगिताको आयोजना गरेको छ । सोही कार्यक्रमको रिपोर्टिङको लागि क्यामेरा पर्सन रत्नमणी दाहालसंग म सोह्रखुट्टे पुगें । सोह्रखुट्टेबाट गाडि चढ्यौं । थानकोट नपुग्दासम्म गाडीमा रहेका सबैसित परिचय भयो । नेपालको पर्यटन, खेल पर्यटन र कार्यक्रमका बारेमा कुराकानी भयो । तीन घण्टा पछि कार्यक्रम स्थलमा पुगियो । आयोजक कमिटिलाई भटेपछि उहाँहरु सागै सडकबाट खोलामा झरियो । खोला किनारमा प्रतियागिताको लागि राम्रो व्यवस्थापन गरेको थियो । नेपाली र विदेशी सहभागि तथा दर्शकको भीड थियो । प्रतियागिताका लागि तयार गरि राखिएका सबै सामग्रीहरु मेरा लागि जति नौला थिए त्यत्तिकै आकर्षक ।      

२ दिन अघि देखि नै प्रतियोगिता चलिरहेको हुादा अघिल्ला खेलमा रमाउने सौभाग्य हामीलाई मिलेन । चार दिनको कार्यक्रममा हामी तेस्रो दिन पुगेका थियौं । तेस्रो दिनपनि हामी ढिलो पुगेका कारण प्रतियागिताको सुरुवात हुने ठाउा, मध्य र अन्तिम बिन्दूसम्मको खेलका सामान्य जानकारी बाहेक खासै जानकारी पाइएन । धादिङ जिल्लाको मझिमटारबाट चितवनको फिस्लिङसम्म र्‍यफ्टिङ प्रतियोगिता चलिरहेको थियो । एउटा डुङ्गामा ६ जनाको टिम हुने रहेछ । हरेक ९० सेकेन्डको अन्तरमा र्‍याफ्टिङ टिमलाई पठाइादो रहेछ । हामी मझिमटारबाट र्‍याफ्टिङ  खेलाडीहरुका मनमोहक दृष्यहरु हेर्दै पुन फिस्लिङ पुग्यौं । फिस्लिङमा ती सबै खेलाडीहरु पुगिसकेपछि हामी चुमखोलामा रहेको क्यापतिर लाग्यौं । क्याम्पमा पुगेपछि चियारखाजा भयो । खाना खाएर केही समयको गफगाफ पछि घन्किरहेको अङ्ग्रेजी सङ्गीतमा मज्जैले नाचियो । आयोजकले सुत्ने ठाँउ देखाइदिएपछि खोला किनारको चौउरमा रहेको टेन्टमा गइयो । माउन्टेन टिभीका बरिष्ठ समाचारदाता हरिशरण न्यौपाने र म एकै टेन्टमा पस्यौं । थाकेको जिउले विश्राम खोजिरहेको थियो । निद्रा लाग्नु अगाडि घरको सम्झनाले मलाई तान्यो । कर्णाली छेउको खेतमा काम गर्दागर्दै बा, आमासागै म राति खेतमै बास बसेको यादले झस्कायो । अनि घरको छेवैमा बगिरहेको कर्णाली नदीले निकाल्ने सुस्केरा सम्झिदै थिए । मन्द बगेको त्रिशूली नदीको आवाज सित रमाउादै निदाए । शान्त स्थानको रमाईलो निद्रा मेरो लागि स्मरणीय बन्यो ।


भोलिपल्ट सवेरै उठियो । हाम्रो र्‍याफ्टिङ  गर्ने दिन पनि हो । काठमाडौंबाट सास्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालायका सचिव सुरेशमान श्रेष्ठ आए । नाराका अध्यक्ष चन्द्र दहाल र मन्त्रालयका सचिव श्रेष्ठबीचको कुराकानी सुन्दा मलाई लाग्यो आखिर किन तेत्रो दुखका लागि युवाहरु विदेश जान्छन् रु उनीहरु सम्भाबनाका कुरा गर्दै थिए, नेपालका थुप्रै नदीनालाका कुरा गर्दै थिए । जसबाट नेपाल धेरै अगाडि छ, धेरै सम्पन्न छ भन्ने कुराको सङ्केत हुन्थ्यो । केही समयपछि हामी र्‍याफ्टिङ  गर्न तयार भएर खोलामा झर्‍यौं र्‍याफ्टिङ मा जाडो भयो, पौडि खेलियो, धेरै रमाईलो भयो तर पछुतो यसकारण लाग्दै थियो कि यत्तिका थाहा पाईसकेपछि बल्ल नेपाली नदीनाला संग परिचित हुन खोज्दै थिँए म । विदेशी पर्यटकहरु संग आफ्नै नदीनालाहरुको पहिचान सोध्नु पर्ने अवस्था आउदा आफु अज्ञानी भएको महशुस भयो। त्रिशूली, कालीगण्डकी, कर्णाली, भेरी आदि सबैको ज्ञान र अनुभव हामी भन्दा तीनैमा वेशी होला सायद ।


लाग्छ मरो कर्णाली, सेती, बुढीगंगा लागाएत थुप्रै नदीनाला अन्यायमा छन् । यिनीसंग पनि लाखौं विदेशी लोभ्याउने तागत छ । करोडौं डलर भित्र्याउने शक्ति छ । तर, पश्चिमले उदाउने उपाय सिकेन । ऊ अस्ताउछ मात्रै, उदाउन जान्दैन । मनमा थुप्रै कुरा खेल्दै गए– उता विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरिसकेछन् । विजेताको खुशीमा हाँसो थपे, फोहोरमैला व्यवस्थापन, ढल निकास, माछा मार्ने जस्ता स्थानीय समुदायबाट भएगरेका समस्याहरु मजदुर दाजुभाइले सुनाउादा सारै नमज्जा लाग्यो । विदेशीहरु विना गाईड, विना अनुमति र्‍याफ्टिङ गर्न जाने प्रवृत्तीलाई निराकरण गर्न सक्नु मजदुर वर्ग तथा सिगै व्यवसायको लागि फाईदाको विषय हो । व्यवसायीहरुको नदी नीति बनाउन सरकारले साथ दिनुपर्ने कुरा मलाई निकै राम्रो लायो ।

साँझको बेला भईसकेका कारण हामीले काठमाडौं हिड्नु पर्ने भयो । र्‍याफ्टिङ को यो नमूना आँखामा बोकेर उत्साहका साथ रमाईलो गर्दै काठमाडौं फर्कियौं । मैले सानैमा पढेको नेपालको प्रकृतिको संरक्षण गर्नु हाम्रो दायीत्व होू भन्ने कुरालाई आज पुन स्मरण गरें । आज मैले आवाज उठाउने विषय बनेको छ  यो ।
(यो लेख  paryatannews.com मा २०७१ सालमा प्रकाशन गरिएको  हो । ब्लग सञ्चालकले अभिलेखका लागिमात्र उक्त न्युन पोर्टलबाट  यसलाई साभार गरेका हुन ।)
गूगलप्लसमा शेयर गर्नुहाेस

सञ्चालक मिमराज

Hello, I am a youth from far-western part of Nepal & a student of Literature, Media & Diplomacy.

0 टिप्पणी:

Post a Comment