ads

सत्य हो कि खै मोहनि त्यो वोकालत मलाई थाहा छ ।

सत्य हो कि खै मोहनि त्यो वोकालत मलाई थाहा छ ।
ललाइ फकाई जालमा पार्ने तिम्रो आदत मलाई थाहा छ । 

अंगाल्छ्यौ कि लत्याउेछ्यौ परीक्षणको यो घडीमा, 
कस्तो गछ्रयौ यो मुटुलाई त्यो हिफाजत मलाई थाहा छ । 

के आशा गरु म नी तिम्रो पल्लो घरे वकील संग, 
नातावाद कै मर्जी चल्ने त्यो अदालत मलाई थाहा छ । 

मलाई छोड उसको उद्यान रमाई रमाई गोड तिमी, 
ओरालीको मृग जस्तै मेरो हालत मलाई थाहा छ ।
गूगलप्लसमा शेयर गर्नुहाेस

सञ्चालक मिमराज

Hello, I am a youth from far-western part of Nepal & a student of Literature, Media & Diplomacy.

0 टिप्पणी:

Post a Comment